Logo

राष्ट्रिय जनमोर्चाले बुझायो निर्वाचन आयोगलाई बन्दसूची

                     
Logo 2022-09-19 02:09     Desk

13

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले निर्वाचन आयोगमा बन्दसूची पेस गरेको छ ।

प्रतिनिधिसभातर्फ ११० जनाको नाम पेस गरिएको जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए । जनमोर्चाको बन्दसूचीको पहिलो नम्बरमा रश्मिराज नेपाली परेका छन् ।

प्रदेशतर्फ १ र मधेस प्रदेशबाहेक अरु प्रदेशका लागि बन्दसूची पेस गरेको छ । जनमोर्चाले बागमती प्रदेशमा २६, गण्डकीमा २४, लुम्बिनीमा ३५, सुदूरपश्चिममा २१ र कर्णालीमा १६ जनाको नाम पेस गरेको छ ।

आयोगमा अहिलेसम्म प्रतिनिधिसभाको समानुपातिकतर्फ चारवटा दलले बन्दसूची पेस गरेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?