Logo

लौरो चुनाव चिह्न भएको पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी

                     
Logo 2022-09-19 01:09     Desk

13

लौरो चुनाव चिह्नकाे गलत प्रचार गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । आयोगमा १८८ औँ नम्बरमा दर्ता भएको हाम्रो नेपाली पार्टीको चुनाव चिह्न लौरो छ ।

तर, उक्त दलले सामाजिक सञ्जालमा आफ्नो पार्टीको नाम नराखेर 'स्वतन्त्र अभियान लौरो' भनेर प्रचार गरी भ्रम सिर्जना गरेको भन्दै स्वतन्त्र युवाहरूले आयोगमा उजुरी दिएका हुन् ।

अयोगमा आइतबार सुनिल रिजाल र विजय कँडेलले हाम्रो नेपाली पार्टीविरुद्ध उजुरी दिएका हुन् । उनीहरूले काठमाडौंबाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । आयोगले उक्त दललाई प्रष्टीकरण सोध्ने तयारी गरेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?