Logo

पुरातत्त्व विभागले टुकुचाको अध्ययन गर्ने

                     
Logo 2022-09-19 11:09     Desk

13

पुरातत्त्व विभागले टुकुचा खोलाको विस्तृत अध्ययन गर्ने भएकाे छ । पुरातत्त्व विभागबाट टोलीले भाेलिबाट अध्ययन गर्ने भएकाे हाे । टुकुचा खोला छाेप्न बनाइएको संरचना कति पुरानो हो भन्ने अध्ययन गर्ने भएकाे हाे ।

पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार विभागको टोलीले भोलिबाट टुकुचामा अध्ययन सुरु गर्न लागेको हो ।

हालसम्म टुकुचामाथि बनाइएका संरचना नभत्काउनेबारे पुरातत्त्व विभागले केही बताएको छैन । ‘हामी सुरुमा अध्ययन गर्छौं, के कस्ता संरचना हुन् । भत्काउन मिल्ने भए महानगरलाई रोक्दैनौँ । यदि पुरातात्त्विक संरचना भएमा हामी तत्काल संरचना नभत्काउन महानगरलाई निर्देशन दिन्छौँ ।’


लोकप्रिय छुटाउनुभयो कि ?