Logo

गठबन्धन ५ वर्षमा को-को पालो गरेर प्रधानमन्त्री बन्ने ध्याउन्नमा छ:ज्ञवाली

                     
Logo 2022-09-19 11:09     Desk

13

काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले सत्तागठबन्धन देश र जनताको चिन्तामा नदेखिएको टिप्पणी गरेका छन् । भागबण्डाका लागि बैठक बस्दाबस्दा सोफाको खोल नै च्यातिसकेको उनको कटाक्ष छ ।

ललितपुर च्यासलस्थित पार्टी मुख्यालमा जारी पार्टीनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठकलाई सम्बोधन गर्दै उनले अहिलेसम्म ५ वर्षमा को-को पालो गरेर प्रधानमन्त्री बन्ने भन्ने ध्याउन्नमा पाँच दल अड्किएको बताए ।

‘अहिलेसम्म ५ वर्षमा को-को पालो गरेर प्रधानमन्त्री बन्नेमा लागेका छन् । उनीहरूलाई जनताको चिन्ता छैन, अछाममा बाढी आओस्, डेंगु आओस् एकरति आँसु नि झार्दैनन्’, ज्ञवालीले भने । भागबण्डा नमिलेर प्रधानन्यायाधीशमाथि महाअभियोग लगाइएको उनको आरोप छ ।

‘हिजो सबैको लागि महान भएको प्रधानन्यायाधीश, के चाहिँ भागबण्डा मिलेन कुन्नी महाअभियोग लगाइयो । उनी अहिले पनि प्रधानन्यायाधीश नै हुन् देशको चौथो वरीयताको मान्छेको हालत यस्तो छ झन जनताको के होला ?, उनको प्रश्न थियो ।

स्थानीय चुनावको स्मरण गर्दै उनले आफू ठीक अरु बेठीक प्रवृत्ति बढेको बताए ।‘टिकट बाँड्ने बेला पाए जित्नतिर लाग्छु नभए जिताउनतिर लाग्छु भन्ने अनि पछि चाहिँ टिकट पाए जित्नतिर लाग्छु अनि नपाए देखाउनतिर लाग्छु भन्ने गरेको पाइयो’, ज्ञवालीले भने ।


लोकप्रिय छुटाउनुभयो कि ?