Logo

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सुकीर्तिमय राष्ट्रदीप पदक

                     
Logo 2022-09-19 11:09     Desk

13

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सुकीर्तिमय राष्ट्रदीप पदक पाउने भएका छन् ।

संविधान दिवशका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादवी भण्डारीले घोषणा गरेको नामवली अनुसार उनले यो पदक पाउने भएका हुन् । पदक भने १ वैशाखमा मात्रै प्रदान गरिने छ ।

घिसिङ नेपालमा लोडसेडिङ अन्त्य गरेको व्यक्तिका रूपमा परिचित छन् । विद्युत व्यवस्थापनमा राम्रो काम गरेको भनेर प्रंशसा बटुलेका घिसिङ कुशल व्यवस्थापकको रूपमा पनि चिनिन्छन् ।

उनी अघिल्लो पटक प्राधिकरणको कार्यकारी आउनुपूर्व देशमा १६ घण्टासम्म लोडसेडिङ हुने गरेकोमा त्यसपछिका दिनमा कम गर्दै २०७४ कात्तिकबाट लोडसेडिङ अन्त्यको घोषणा भएकाे थियाे ।


लोकप्रिय छुटाउनुभयो कि ?