Logo

सीएनआईले महिला नेतृत्व शिखर सम्मेलन गर्ने

                     
Logo 2022-09-19 10:09     Desk

13

नेपाल उद्योग परिसंघ (सीएनआई) महिला नेतृत्व शिखर सम्मेलन गर्ने भएको छ । आगामी पुस २९ देखि माघ १ गतेसम्म महिला नेतृत्व शिखर सम्मेलन आयोजना गर्न लागिएको आइतबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।

परिसंघको महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा तीन दिने सम्मेलन आयोजना गर्न लागिएको छ । सम्मेलनमा लैङ्गिक समानताका विषयसहित महिला नेतृत्वबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाहरूका सफलता सुनाउने, महिलाहरूलाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसरको रुपमा प्रयोग गरिनेछ।

नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान, र परिवर्तनका संवाहक महिला विषयमा छुट्टा छुट्टै सत्रमा छलफल हुनेछ। परिसंघले पहिलोपटक आयोजना गर्न लागेको महिला नेतृत्व शिखर सम्मेलनले परिवर्तन प्रेरित महिला, नेता, विज्ञहरूलाई एउटै थलोमा ल्याउने विश्वास छ। यो शिखर सम्मेलन वर्तमान एवं सफल उदाहरणहरूमा केन्द्रित हुने उल्लेख छ ।

सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका महिलाहरूको सहभागिता हुने बताइएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?