Logo

राणाको सुरक्षामा खटिएका सुरक्षाकर्मी र पिएसओ फिर्ता, गाडी पनि खोसियो

                     
Logo 2022-09-18 11:09     Desk

13

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सरकारले फिर्ता बोलाएको छ । व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) र स्कर्टिङमा खटिने सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको प्रहरी प्रधान कार्यालय, सुरक्षा निर्देशनालय स्रोतले जनाएको छ । पीएसओ र स्कर्टिङमा गरी राणाको सुरक्षाका खटिएका ८ जना सुरक्षाकर्मी सबैलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको हो ।

गत फागुन १ गते संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा रहेका राणाले प्रतिनिधि सभाको कार्याकाल सकिएपछि आइतबार सर्वोच्च जाने प्रयास गरेका थिए । तर, उनलाई सर्वोच्च प्रवेश गर्न नदिने भन्दै कानुन व्यवसायीले आइतबार सर्वोच्चको मूल प्रवेशद्वारमै प्रदर्शन गरेका थिए । सर्वोच्चमा असहज परिस्थिति सृजना हुने भन्दै सुरक्षाकर्मीले आइतबार राणालाई सरकारी निवास बालुवाटाबाटै बाहिर निस्किन दिएनन् ।

राणाको परिवारले भने सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरालाई नजरबन्दमा राखेको बताएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?