Logo

विराटनगरमा जारी मिल्स भेट्रान्स गोल्डकपः दमक भेट्रान्स सेमिफाइनलमा

                     
Logo 2022-09-18 07:09     Desk

13

विराटनगर । झापाको दमक– लखनपुर भेट्रान्स फुटबल क्लब विराटनगमरा जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।

विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको खेलमा हाम्रो धरान भेट्रान्स क्लब सुनसरीलाई ५– २ गोलले हराउँदै दमक भेट्रान्स सेमिफाइनलमा पुगेको हो । दमकलाई जित दिलाउन सुवास आङथुपो सुब्बाले ह्याट्रिक गरे । यस्तै चन्द्र कुमार गिरी र विशाल राईले समान १÷१ गोल गरेका थिए ।

दमकले सातौं मिनेटमा सुवासको गोलबाट शुरुआती अग्रता लिएको थियो । खेलको आठौ र २३ औं मिनेटमा सुवालले गोल गर्दै दमकको अग्रता ३–० को बनाएका थिए । २३ औं मिनेटमा धरानका डिफेन्डर सुधन केसीको पेनाल्टी एरियामा हेण्ड भएपछि दमकलले पेलान्टी पाएको थियो । पेलान्टीमा सुवालले गोल गर्दा दमकको अग्रता तेब्बर भएको थियो भने खेलको ३५ औं मिनेटमा चन्द्र कुमार गिरीले गोल गरेपछि पहिलो हाफमा दमक ४–० ले अगाडि रह्यो ।

पूरा समय धरानमाथि हाबी भएको दमकले दोस्रो हाफमा थप दुई गोल ग¥यो । खेलको ४८ औं मिनेटमा विशाल राईले गोल गर्दै दमकलाई जित दिलाउन सफल भए ।

धरानको तर्फबाट रवि कुमार राईले ४२ औं र लक्ष्मी याख्खाले ६४ औं मिनेटमा १÷१ गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच दमकका ह्याट्रिक गर्ने खेलाडी सुवास सुब्बा घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ पाए ।

सोमबार दुई खेल हुने भएको छ । पहिलो खेल युनाईटेड भेट्रान्स क्लब विराटनगर र दुहबी भेट्रान्स क्लब बिच हुनेछ । सोही दिन हुने दोस्रो खेलमा बिर्तामोड भेट्रान्स र भरौल भेट्रान्सबीच प्रतिस्पर्धा हुने संयोजक मनोज खड्काले जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?