Logo

राष्ट्रिय मानवअधिकार आयोगको टोली चोलेन्द्रको सरकारी निवासमा

                     
Logo 2022-09-18 04:09     Desk

13

राष्ट्रिय मानवअधिकार आयोगको टोली निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निवासमा पुगेर अनुगमन गरेको छ । आइतबार सहसचिव टीकाराम पोखरेलको नेतृत्वमा तीन सदस्यीय टोली चोलेन्द्रको सरकारी निवासमा पुगेको हो ।

निलम्बित प्रधानन्यायाधीश जबराले आइतबार नै सर्वोच्च अदालत जाने बताएका थिए । सर्वोच्च जाने तयारी गरिरहँदा आफ्नो निवास अगाडि दर्जनौं सुरक्षाकर्मी तैनाथ गरेर आफूलाई ‘नजरबन्द’ जस्तै अवस्थामा राखिएको उनले बताएका थिए ।

यस लगत्तै आयोगको टोली उनको निवासमा पुगेर वस्तुस्थितिबारे अनुगमन गरेको छ । आयोगको कार्यालय स्रोतका अनुसार आयोगको टोलीले यसबारे जबरासँग छलफलसमेत गरेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?