Logo

समानुपातिक उम्मेदवार छान्न पेसिसडाँडामा माओवादी केन्द्रको पदाधिकारी बैठक

                     
Logo 2022-09-18 01:09     Desk

13

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । निर्वाचन आयोगमा बुझाउने प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको सूचीबारे निर्णय लिन माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाइएको हो ।

पेसिसडाँडामा जारी बैठकमा समानुपातिकतर्फका उम्मेदवारको नाम टुंगो लगाउनेबारेमा छलफल भइरहेको एक नेताले बताए । निर्वाचन आयोगमा आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ ।

माओवादी केन्द्रले भोलि समानुपातिकतर्फका उम्मेदवारहरूको सूची बुझाउने बताइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?