Logo

नयाँ स्टक एक्स्चेन्ज, ब्रोकर र कमोडिटी एक्स्चेन्जका लागि सेबोनले माग्यो आवेदन

                     
Logo 2022-09-18 12:09     Desk

13

नेपाल धितोपत्र बोर्डले तीनवटै लाइसेन्स एकैपटक खुलाएको छ। विवादकै बीच बोर्डले गत हप्ता धितोपत्रसम्बन्धी नियमावली जारी गर्दै लाइसेन्स वितरण गर्ने बाटो खुलाएको थियो ।

आइतबार बोर्डले नयाँ स्टक एक्स्चेन्ज, ब्रोकर र कमोडिटी एक्स्चेन्ज खोल्न लाइसेन्स आवेदन माग गरेको हो । बोर्डले नयाँ स्टकका लागि ४५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ ।

बोर्डले एउटा मात्र स्टक एक्सचेन्ज थप्न दिने निर्णय अनुसार सूचना जारी गरेको छ । बोर्डले अहिलेलाई दुईवटा कम्पनी खोल्न दिनेछ । बोर्डले शेयर ब्रोकर थप्ने भएकाे छ भने त्यसका लागि ३० दिनभित्र आवेदन दिन भनेको छ ।

अहिले नेप्से अन्तर्गत ५० वटा ब्रोकर कम्पनी छन् । सरकारले निर्वाचनको मुखमा लाइसेन्स खुला गर्ने गरी विनियमावली संशोधन गरेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?