Logo

एमाले सचिवालय बैठक आज पनि बस्दै

                     
Logo 2022-09-18 10:09     Desk

13

नेकपा एमालेकाे सचिवालय बैठक आज पनि बस्दैछ । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न बैठक बस्न लागेकाे हाे ।

हिजाे साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले समानुपातिकतर्फको उम्मेदवारको नामावली आइतबार बस्ने बैठकले तय गर्ने निर्णय गरेकाे थियाे ।

हिजाेकाे बैठकमा  निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारबारे पार्टी महासचिव शङ्कर पोखरेलले जानकारी गराएका थिए ।

बैठकमा संघीयतर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशितालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको थियाे । आजकाे सचिवालय बैठक बिहान ११ बजे बस्ने जनाइएकाे छ ।


लोकप्रिय छुटाउनुभयो कि ?