Logo

निर्वाचन आयोगलाई सरकारले हस्तक्षेप नगरोस् : ओली

                     
Logo 2022-09-17 07:09     Desk

13

काठमाडौं, १ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनवामा हस्तक्षेप नगर्न सरकारलाई सचेत गराएका छन् । शनिबार संसदको चालु अधिवेशन अन्त्यकाे दिन आफ्नो भनाइ राख्दै ओलीले चुनाव गराउने काम निर्वाचन आयोगको भएको बताए ।

‘निर्वाचनको मिति घोषणा भएपछि चुनाव निर्वाचन आयोगले गर्ने हो । सरकारले होइन,’ ओलीले भने, ‘सरकारले निर्वाचन आयोगलाई सघाउने हो ।

हस्तक्षेप गर्ने भूमिका मनासिब हुँदैन, पाउँदैन त्यतापट्टी म सजग गराउँन चाहान्छु ।’ उनले राष्ट्रिय आवश्यकताविपरित किर्तिम संसदीय अंक गणित खडा गरिएको पनि बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?