Logo

विप्लव नेतृत्व नेकपाद्वारा सरकारको मुद्दा फिर्ता लिने निर्णयको स्वागत

                     
Logo 2022-09-16 02:09     Desk

13

विप्लव समूहले आफुसँग सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्नका लागि सरकारले गरेको निर्णयको स्वागत गरेको छ । उक्त समूहले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री वालकृष्ण खाण, कानुनमन्त्री गोबिन्द शर्मा र महान्यायधिवत्ता खम्मबहादुर खातीलगायत वार्ता प्रकृयामा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै सरकारको निर्णयको स्वागत गरेको हो ।

विप्लव समूहका प्रवक्ता प्रकाण्डले तिन बुँदे सहमतिमा उल्लेखित नेपाल कम्युनिष्ट पार्टीको दायित्वप्रति पार्टी इमान्दार, प्रतिबद्ध रहेको र सहमतिको मर्मलाई अक्षरस कार्यान्वयन गर्न दृढ भएको उक्त समूहका प्रवक्तासमेत रहेका प्रकाण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भदौ २७ गते बसेको मन्त्रिपरिषद बैठकले तीन बुँदे सहमतिप्रति प्रतिबद्ध रहेको, कार्यान्वयनको प्रकया तदारुकताका साथ अगाडि बढाउने र मुद्धा खारेजीका सम्बन्धमा मन्त्रिपरिषद्को बैठकबाट राजनीतिक निर्णय गरी प्रशासनिक एवं अर्ध न्यायिक प्रकृतिका मुद्धालाई यथाशीघ्र फछ्योट गर्न र कानुनसँग अन्तरविरोध राख्ने मुद्दाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको उक्त समूहले विज्ञप्तिमा उल्लेख गरेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?