Logo

सन्दीप लामिछाने सिंगापुरमा

                     
Logo 2022-09-16 11:09     Desk

13

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने हाल सिंगापुरमा रहेको खुलेको छ । जमैकाबाट सिंगापुर आएका उनले त्यहीँ बसेर कानूनी परामर्श गरिरहेका छन् ।

क्रिकेट लिग खेल्नका लागि जमैकामा रहेका सन्दीपले यौनजन्य कसुरको आरोप लागेपछि आफू केही दिनमा नेपाल आउने बताएका थिए । तर, नेपालका कानून व्यवसायीसँग सल्लाह गरेपछि उनी मन बदलेर सिंगापुरतिर लागेको बुझिएको छ । उनलाई कानूनी परामर्श दिन अधिवक्ता सरोज घिमिरे नेपालबाट गएको स्रोतले बतायो ।

प्रहरीमा सन्दीपविरुद्ध जाहेरी दर्ता भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई सम्पर्क गरेको थियो । त्यसबेला सन्दीपले आफू चाँडै नेपाल आउने भन्दै कानूनी प्रक्रियामा सहायताका लागि क्यानसँग आग्रह गरेका थिए । तर, जमैकाबाट हिँडेपछि उनी क्यानको सम्पर्कमा छैनन् । उनी आफैं हिसाबले कानूनी लडाईं लड्ने तयारी गरिरहेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?