Logo

जवरजस्ती करणी मुद्दामा १३ बर्ष कैद सजाय भई फरार रहेका व्यक्ति पक्राउ

                     
Logo 2022-09-15 09:09     Desk

13

विराटनगर, ३० भदौ । जवरजस्ती करणी मुद्दामा १३ बर्ष कैद सजाय ठहर भई फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको । २०७२ साल चैत ३ गते मोरङ जिल्ला अदालतको फैसलाले कैद सजाय ठहर भई फरार रहेका मोरङको केराबारी–५ बस्ने बर्ष ३१ को अशोक कुमार बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालत मार्फत मोरङ कारागार चलान गरिएको जनाइएको छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?