Logo

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू

                     
Logo 2022-09-15 09:09     Desk

13

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ/ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न एमडीएमएस प्रणाली लागू गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार ३० भदौसम्म विदेशबाट व्यक्तिगत तवरले ल्याइएका मोबाइल सेट आजको मितिसम्म चालु रहेका सबै स्वतः एमडीएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाइएको छ ।

३० भदौपछि मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए/नभएको एकिन गरी मात्र खरिद गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

त्यस्तै, अब व्यक्तिगत रूपमा मोबाइल ल्याउँदा अनिवार्य रूपमा मोबाइलको आइएमइआइ नम्बर प्रणालीमा दर्ता गराउनुपर्छ ।  यसरी दर्ता गर्दा अतिरिक्त शुल्क नलाग्ने प्रधिकरणले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?