Logo

आर्थिक क्रान्तिको नेतृत्व मैलेमात्र गर्न सक्छु:प्रचण्ड

                     
Logo 2022-09-15 01:09     Desk

13

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो जीवन आर्थिक क्रान्तिका लागि हुने बताएका छन् । पार्टी निकट नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनमा बोल्दै उनले राजनीतिक सुधारका केही कामबाहेक राजनीतिक क्रान्ति सकिएकाले अब आर्थिक क्रान्ति गर्नुपर्ने बताएका हुन् । त्यसैका लागि आफ्नो बाँकी जीवन बिताउने उनले बताए ।

‘राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रतिर, सामाजिक न्याय र विकासतिर आत्मनिर्भरतातिर जान मैले अब गर्ने क्रान्ति भनेको आर्थिक रुपान्तरण र समृद्धि नै हो’, उनले भने, ‘बाँकी जीवन बिताउने भनेको त्यसैका लागि हो ।’

यसका लागि आफूले केही मिसन र भिजन तयार पारेको उनले बताए । ‘मैले केही मिसन र केही भिजन तयार पारेको छु । अब देशलाई आर्थिक समृद्धितिर र भ्रष्टाचार तथा कुशासनको अन्त्यतिर राजनीतिक सुधारको अभियान सुरु गर्नुछ’, प्रचण्डले भने ।राजनीतिक परिवर्तन ल्याउन क्रान्ति गरेकाले आर्थिक क्रान्तिको नेतृत्व पनि आफूले मात्र गर्नसक्ने उनको दाबी थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?