Logo

एसिया कपमा पाकिस्तान र श्रीलंका फाइनलमा

                     
Logo 2022-09-08 01:09     Desk

13

पाकिस्तान र श्रीलंका यूएईमा जारी टी-२० एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेका छन् । अफगानिस्तानलाई एक विकेटले हराएसँगै पाकिस्तान र श्रीलंका फाइनलमा पुगेका हुन् । यता, भारत र अफगानिस्तान भने एक खेल अगाडि नै एसिया कपबाट बाहिरिएका छन् ।

सुपर-फोरमा लगातार दुई खेलमा हार ब्यहोरेको भारत पाकिस्तानले अफगानिस्तानलाई पराजित गरेसँगै बाहिरिएको हो । श्रीलंका र पाकिस्तानबीच सुपर-फोरको खेल हुन बाँकी हुँदा नै यी दुवै टिम फाइनलमा पुगेका हुन् ।

सुपर-फोरमा पाकिस्तानले शुक्रबार श्रीलंकासँग खेल्नेछ । बुधबार राति १३० रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.२ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍याे । पाकिस्तानको जितमा शादब खानले सर्वाधिक ३६, इफ्तिखार अहमदले ३०, मोहम्मद रिजवानले २०, अशिफ अलीले १६ र नासिम शाहले १४ रन बनाए ।


लोकप्रिय छुटाउनुभयो कि ?