Logo

एसिया कप क्रिकेटः भारतमाथि श्रीलंकाको सानदार जित

                     
Logo 2022-09-07 10:09     Desk

13

श्रीलंकाले टी–२० एसिया कप क्रिकेटमा भारतलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा भारतलाई ६ विकेटले पराजित गर्दै श्रीलंकाले फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।

१७४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभर सकिन एक बल बाँकी छँदै चार विकेटको क्षतिमा लक्ष्य भेटायो । श्रीलंकाका लागि ओपनर पथुम निसन्का र कुसल मेन्डिसले उत्कृष्ट प्रदर्शन गरे ।

पहिलो विकेटका लागि ९७ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ अगाडि बढाएका थिए । कुशलले ३७ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै ५७ रन बनाए ।

त्यस्तै, निसन्काले ३७ बलमा चार चौका र दुई छक्कासहित ५२ रन जोडे । कप्तान दासुन शानाकाले १८ बलमा अविजित ३३ रन बनाउँदा भानुका राजापाक्षेले २५ रन बनाए । बलिङतर्फ युजभेन्द्र चाहलले तीन विकेट लिए ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गर्दै भारतले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १७३ रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले उत्कृष्ट ब्याटिङ गरे । उनले ४१ बलमा पाँच चौका र चार छक्काको मद्दतमा ७२ रन बनाए ।


लोकप्रिय छुटाउनुभयो कि ?