Logo

जिउँदै मान्छेलाई भट्टामा पोलेको आरोपमा जेलमा रहेका आलम कांग्रेसको उम्मेदवार सिफारिस

                     
Logo 2022-09-01 04:09     Desk

13

आसन्न प्रतिनिधि सभा चुनावमा नेपाली कांग्रेसले रौतहटले क्षेत्र नम्बर २ मोहम्मद अफताव आलम लाई उम्मेदवार सिफारिस गरेको छ। हाल नख्खु जेलमा रहेको आलम लाई कांग्रेसले सर्वसम्मत रुपमा सिफारिस गरेको हो।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि आलमको नाम सर्वसम्मत रूपमा सिफारिस भएको रौतहट कांग्रेसले जनाएको छ।

उनलाई २०७६ असोज २६ मा प्रहरीले पक्राउ गरेको थियो। उनलाई २०७६ कात्तिक २९ मा पुर्पक्षका लागि थुनामा पठाइएको थियो।

उनी २०७४ मा रौतहट २ बाटै निर्वाचित भएका थिए।


लोकप्रिय छुटाउनुभयो कि ?