Logo

विराटनगर आएर प्रचण्डले भने–नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि प्रकृयाबाटै पारित हुन्छ

                     
Logo 2022-08-26 01:08     Desk

13

विराटनगर, १० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट पारित नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि प्रकृयाबाटै पारित हुने दावी गरेका छन् ।

शुक्रबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । ‘नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि प्रकृयाबाटै पारित हुन्छ ।’ उनले भने,‘राष्ट्रपती ज्यूले पनि यसलाई प्रमाणित गर्नुहुन्छ, मेरो त्यहि विश्वास छ ।’

उनले राष्ट्रपति विद्यादेवी भण्डारीप्रती लक्षित गर्दै नागरिकता विधेयकका कारण मुलुकमा कुनै संकट नआउनेसमेत बताए । पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले रसेना प्रमुख र पूर्वप्रमुख भेटेको प्रसंग कोट्याउँदै राष्ट्रपती भण्डारीको पछिल्ला गतिविधि अस्वभाविक भएपनि त्यसले कुनै संकट ननिम्तिने दावी गरे । ‘मैले त्यस्तो कुनै संकल ल्याउने देखिँदैन । केही कुराहरु स्वभाविक देखिएको छैन तर पनि यसले कुनै गम्भिर संकल ल्याउने स्थिती म देख्दिन ।’

उनले सत्ता गठबन्धनमा सिट बाँडफाँडको कुरा चाँडै र सजिलै मिल्ने समेत बताए । अध्यक्ष प्रचण्डले सिटबाँडफाँडको विषय चर्चा भएजस्तो कुनै जटिल नरहेकोसमेत दावी गरे ।

उनले सत्ता गठबन्धनमा आवद्ध सवै दलले ‘आफ्नो गोरुको बाह्रै टक्का’ भन्न नहुने बताए । ‘दलहरुको दावी धेरै छन् । हामीले १६५ भित्रै मिलाउनुपर्ने हुन्छ ।’ उनले भने,‘ सिट बाँडफाँडमा बाहिर चर्चा भएजस्तो जटिल छैन । सजिलैसँग मिल्छ । हार्ड एण्ड फास्ट कोहीपनि हुनुहुँदैन, आफ्नो गोरुको बाह्रै टक्का भन्ने हुनुहुँदैन ।’


लोकप्रिय छुटाउनुभयो कि ?