
नेपाल सरकारका स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुंगले विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालको नवनिर्मित शल्यक्रिया कक्षको उद्घाटन गरेका छन्। आइतबार विराटनगर आइपुगेका मन्त्री खापुंगले अस्पतालले भर्खरै संचालनमा ल्याएको अत्याधुनिक प्रविधि सहितको शल्यक्रिया कक्षको उद्घाटन गरेका हुन्।



उद्घाटन पश्च्यात खापुंगलाई अस्पतालका डा. रवि बस्ताकोटीले अस्पतालले संचालनमा ल्याएको नवनिर्मित शल्यक्रिया कक्ष तथा सो कक्षमा उपलव्ध हुने सुबिधाको बिषयमा जानकारी दिएका थिए। बस्ताकोटीले कोशी अञ्चल अस्पतालले हालैमा पत्थरी लगायत बिरामीको लागि शरीर चिरफार नगरी मेसिनको सहायताले शल्यक्रिया सम्पन्न हुने लगायत बिषयमा जानकारी गराएका थिए।
शल्यक्रिया कक्ष उद्घाटन संगै खापुंगले अस्पतालको इमर्जेन्सी बिभागको निरिक्षण समेत गरेका थिए भने संगै अस्पतालले संचालन गरिरहेको ३२ शैयाको प्रसुति कक्षको पनि उद्घाटन गरेका थिए।