Logo

धरानमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

                     
Logo 2022-08-18 03:08     Desk

13

विराटनगर : सुनसरीको धरान उपमहानगरपालिका–८ मा हिजो साँझ जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

इटहरीबाट धरानतर्फ आउँदै गरेको को २ च १६ ६७ नम्बरको जिप र बिपरित दिशाबाट जाँदै गरेको प्रदेश १–०२–०४८ प ४८३१ नम्बरको मोटरसाइकल हिजो साँझ सवा ५ बजे ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार इटहरी उपमहानगरपालिका–११ का ३१ वर्षीय सुरज दाहालको धरान घोपामा उपचारका क्रममा मृत्यु भएको हो ।

सामान्य घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । जिप सहित चालकलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?