
विराटनगर : उच्च माध्यमिक विद्यालय संघ नेपाल ‘हिसान’ का मोरंग जिल्ला अध्यक्ष अमित ढकालले सामुदायिक र निजी विद्यालयबिचको दूरी अन्त्य गर्नुपर्ने बताएका छन् । उनले आफ्नो कार्यकालमा यस्ता समस्या हल गर्न विशेष जोड दिने बताए ।
अहिले कलेजहरुले मनोमानी शुल्क लिने गरेको उनले बताए । अहिले कुनै कलेजले धेर्र शुल्क लिने गरेका छन् भने कुनै ले कम लिने गरेका छन्, उनले भने, यस्ता क्रियाकलापले शैक्षिक क्षेत्रमा असर पारिरहेको छ ।
कलेजहरुमा देखिएको समस्यालाई कलेजहरु बिच समन्वय गरेर समाधान गर्न लागि पर्ने ढकालको भनाई छ ।
सरकारले शैक्षिक नीति निमार्ण गर्दा निजी विद्यालयलाई पछि पार्न खोजेको उनले बताए । नेपालमा विद्यार्थीको भविष्य वैदेशिक रोजगारीका लागि मात्र हुने विषय गम्भीर रहेको उनको भनाई छ ।