Logo

विराटनगर मेनरोडमा स्कुटीको डिक्कीबाट एक लाख रुपैयाँ चोरी

                     
Logo 2022-08-16 07:08     Desk

13

विराटनगर, ३१ साउन । विराटनगरमा स्कुटीको डिक्कीबाट एक लाख रुपैयाँ चोरी भएको छ । आज साँझ ६ बजेतिर मेनरोडस्थितबाट स्कुटीको डिक्कीमा राखिएको एक लाख रुपैयँ चोरी भएको हो ।

पार्किङ गरि राखेको स्कुटीको डिक्कीमा रहेको रकम चोरी भएको हो । स्कुटी पार्किङ गरि केही पर गएर १५ मिनेट पछि आउँदा स्कुटीको डिक्की खुल्लै रहेको थियो । तर, डिक्की भित्र राखिएको रकम भने चोरी भएको बताइएको छ ।

पछिल्लो समय विराटनगरमा चोरीको घटना निकै बढेकाले सतर्कता अपनाउन जरुरी देखिन्छ । स्थानीयका अनुसार दुई दिन अघि पनि सोही ठाउँबाट साइकल चोरी भएको थियो । सो स्थानमा बारम्बार चोरीका घटना हुँदै जान थालेपछि स्थानीयले सुरक्षाका लागि आवाज उठाएका छन् ।

चोरीका घटना बढ्दै गएपछि प्रहरी प्रशासनले पनि सुरक्षा व्यवस्था कडा पार्न जरुरी देखिएको स्थानीयको भनाइ छ । प्रहरीले यसतर्फ ध्यान दिन जरुरी रहेको र सुरक्षा व्यवस्था कडा बनाउन आवश्यक देखिएको स्थानीय व्यापारि निर्मल अटलको भनाई छ ।


लोकप्रिय छुटाउनुभयो कि ?