Logo

बञ्चरेडाँडामा झडप, प्रहरीद्वारा हवाई फायर

                     
Logo 2022-08-16 06:08     Desk

13

काठमाडौं, ३१ साउन । बञ्चरेडाँडाका स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले केही राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने पाँच राउन्ड हवाई फायर पनि गरेको छ ।

काठमाडौं उपत्यकाको फोहोर बोकेका गाडीलाई स्थानीय अवरोध गरेपछि तनाव सुरु भएको हो । त्यसक्रममा अवरोध खुलाउन खोज्दा प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो ।

त्यसपछि अश्रुग्यास प्रहार गरेको तर स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरीले जानकारी दिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?