Logo

विराटनगरको रथयात्रामा सुरक्षा व्यवस्था कडा बनाउन मुख्यमन्त्रीको निर्देशनः भने– सुरक्षाको विषयमा चुक्नु भएन

                     
Logo 2022-08-16 06:08     Desk

13

विराटनगर, ३१ साउन । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विराटनगरको ऐतिहाँसिक रथयात्रामा सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएका छन् ।

आज स्थानीय प्रशासन र सुरक्षा निकायका प्रमुख र सम्बन्धीत निकायका प्रतिनिधिहरुलाई बोलाएर निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री राईले मोरङका प्रमुख जिल्ला अधिकारीसहित नेपाल र शसस्त्र प्रहरीका प्रमुख, प्रदेश न.१ का प्रमुख सचिव,आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव तथा रथयात्रा आयोजक समिति लगायतसँग छलफल गरि विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रा संचालन गर्ने र स्वास्थ मापदण्ड पालना गर्दै सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन निर्देशन दिए ।

छलफलमा मुख्यमन्त्री राईले रथयात्राको तयारीबारे जानकारी लिएका थिए । उनले सुरक्षाको विषयमा चुक्न नहुने बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?