
नेपाल र चीनका परराष्ट्र मन्त्रीहरूबीच आज वार्ता हुने भएको छ । चीनको भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले चिनियाँ समकक्षी वाङ यीसँग आज द्विपक्षीय वार्ता गर्न लागेका हुन् ।



चीनको छिङताओ शहरमा हुने वार्तामा नेपाल–चीन सम्बन्धका विभिन्न विषयबारे छलफल हुने बताइएको छ ।
नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्रसहित, गृह, भौतिक पूर्वाधार, वाणिज्य र अर्थ मन्त्रालयका उच्च अधिकारी सहभागी छन् । तीन दिने भ्रमणका लागि मन्त्री खड्कासहितकाे टाेली मंगलबार चीन उडेकाे थियाे ।