Logo

निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न सांसदको माग

                     
Logo 2022-08-08 03:08     Desk

13

नेकपा एमालेकी सांसद दिलकुमारी रावल थापाले निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न माग गरेकी छिन् ।

सोमबार राष्ट्रियसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले वर्तमान निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताएकी हुन् । उनले गणतन्त्र र संघीयतालाई बलियो बनाउन निर्वाचन प्रणालीको सुधार गर्नुपर्नेमा जोड दिइन् ।

सांसद थापाले निर्वाचन प्रणाली महँगो भएको भन्दै स्वच्छ, निष्पक्ष र सरल ढंगले निर्वाचन सम्पन्न हुनेगरी निर्वाचन सम्बन्धी कानुनलाई संशोधन गर्नुपर्ने बताइन् । सांसद थापाले संसद जारी रहेको उल्लेख गर्दै चालु संसदबाटै फाष्ट ट्र्याकमा कानुन संशोधन गर्न सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षण गराइन् ।

उनले निर्वाचनमा विद्युतीय मतदान प्रणाली लागू गर्न निर्वाचन आयोगलाई आग्रह गरिन् ।  भयरहित रूपमा निर्वाचन सम्पन्न गराउने गरी प्रवन्ध मिलाउन उनले आयोगको ध्यानाकर्षण गराइन् । सांसद थापाले भारतमा इन्धनको मूल्य घटेको भन्दै नेपालमा पनि इन्धनको मूल्य घटाउन सरकार समक्ष माग गरिन् ।


लोकप्रिय छुटाउनुभयो कि ?