Logo

थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

                     
Logo 2022-08-08 03:08     Desk

13

पछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ५ हजार ३५१ को परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा ४७० जना सक्रमणमुक्त भएका छन् । हाल मुलुकमा ५ हजार ६८६ जना सक्रिय संक्रमित रहेको जनाइएको छ ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । त्यस्तै आज ३२ हजार ५३४ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?