Logo

मदन पुरस्कारका लागि आठ पुस्तकको श्रेष्ठ सूची सार्वजनिक

                     
Logo 2022-08-08 12:08     Desk

13

२०७८ सालको मदन पुरस्कारका लागि आठवटा पुस्तक श्रेष्ठ सूचीमा परेका छन् । मदन पुरस्कार गुठीमा प्राप्त २ सय ९९ पुस्तकहरूबाट आठवटा पुस्तक श्रेष्ठ सूचीमा छानिएका छन् ।

डा. नवराज लम्सालको ‘अग्नि’, डा. दामोदर पुडासैनी ‘किशोर’को ‘ग्रिष्मको नीलो बतास’, बसन्त बस्नेतको ‘महाभारा’, दिपा मेवाहाङ राईको ‘यादको सन्दुक’, डा. नयनाथ पौडेलको ‘लिच्छवि लिपि’, डा. नीलमणि ढुंगानाको ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’, सुजित मैनालीको ‘सति– इतिहास र मीमांसा’, पद्मसुन्दर जोशीको ‘हिति प्रणाली’पुस्तक श्रेष्ठ सूचीमा परेका हुन् ।

यी आठ पुस्तक मध्ये एक पुस्तकलाई ०७८ सालको मदन पुरस्कार दिइने मदन पुरस्कार गुठीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?