Logo

गठबन्धन कार्यदलकाे पहिलाे बैठक आज

                     
Logo 2022-08-08 10:08     Desk

13

आगामी चुनावका लागि सिटको बाँडफाँट गर्न गठित सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दैछ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावमा तालमेल गरेर अगाडि बढ्ने सहमति पाँचदलीय सत्ता गठबन्धनले गरिसकेको छ । तर, सिटको बाँडफाँटको विषय भने चुनौतीपूर्ण छ ।

सिट बाँडफाँट के कसरी गर्ने भनेर मोडालिटी तयार पार्न बनाइएको कार्यदलको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । सरकारले चुनावको मिति घोषणा गरेको भोलिपल्ट २० साउनमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आसन्न निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, गगन थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा छन् । नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल तथा जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ कार्यदलमा छन् । यस्तै राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।

यो कार्यदललाई कुन पार्टीले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न कार्यादेश दिइएको छ । भदौ पहिलो साताभित्र सिटको बाँडफाँट टुंगो लगाइसक्ने तयारी गठबन्धनको छ । कार्यदलले बुझाएको सिफारिसलाई शीर्ष नेताहरूको बैठकले अन्तिम टुंगो लगाउने बताइएकाे छ ।


लोकप्रिय छुटाउनुभयो कि ?