Logo

एमाले मोरङ निर्वाचनमा केन्द्रित, २३ गते पार्टी महासचिव शंकर पोखरेलले प्रशिक्षण दिने

                     
Logo 2022-08-05 11:08     Desk

13

विराटनगर । ४ मंसिरलाई प्रदेश तथा संघको निर्वाचन घोषणा भएसँगै नेकपा एमाले मोरङ निर्वाचनमा केन्द्रित भएको छ । साउन भित्रमा पार्टीका सम्पूर्ण किमिटी तथा जनसंगठनलाई गतिशिल बनाउने निर्णयका साथ अघि बढेको एमाले मोरङले भदौं भर राजनैतिक तथा वैचारीक प्रशिक्षण दिने भएको छ ।

नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले आसन्न प्रदेश तथा संघको निर्वाचनमा जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा एमालेलाई विजयी बनाउने अभियानका साथ लाग्ने बताउनुभयो ।

उहाँले यसका लागि पार्टीका सबै ‘वीङ्स’लाई सक्रिय बनाई, प्रशिक्षण दिएर सामाजिक अभियानमा खटाइने बताउनुभयो । यहि सन्दर्भमा जिल्ला स्तरीय प्रशिक्षण साउन २३ गतेलाई तय गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाका सबै वडा कमिटीका पदाधिकारीदेखि माथिका नेता कार्यकर्ताको उपस्थिती रहने प्रशिक्षणलाई पार्टीका महासचिव शंकर पोखरेलले प्रशिक्षण दिनुहुने भएको छ ।

मोरङको सुन्दरहरैचा स्थित विराटचोकमा हुने प्रशिक्षण कार्यक्रम स्थानीय जेसिस भवनमा सञ्चालन हुने एमाले मोरङ प्रचार तथा प्रकाशन विभाग प्रमुख सन्तोष वान्तवाले बताउनुभयो । 


लोकप्रिय छुटाउनुभयो कि ?