Logo

बाबुछोराले एकैदिन लगाए डीएसपीको फूली

                     
Logo 2022-08-04 06:08     Desk

13

काठमाडौं । नेपाल प्रहरीको डीएसपीमा एकैपटक बढुवा भएका बाबुछोराले फूली लगाएका छन् । प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा जनपदतर्फका राजेन्द्र अधिकारी र प्राविधिकतर्फ उनका छोरा ध्रुव अधिकारीले दर्ज्यानी चिन्ह लगाएका हुन् ।

राजेन्द्रले २०५१ सालमा प्रहरी सहायक निरीक्षक (असई) बाट सेवा सुरू गरेका थिए । ध्रुव २०७५ सालमा प्राविधिकतर्फ इन्सपेक्टरमा भर्ना भएका थिए । ध्रुव इन्जिनियर हुन् । राजनका दुई सन्तानमध्ये जेठा छोरा पनि इन्जिनियर छन् ।

राजन २०५७ सालमा सई र २०६७ सालमा इन्सपेक्टरमा बढुवा भएका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?