Logo

चुनावमा भाग लिन आयोगमा दर्ता छन् ११४ पार्टी

                     
Logo 2022-08-04 04:08     Desk

13

सरकारले चुनावको मिति घोषणा गरेसँगै देश चुनावमा होमिएको छ । निर्वाचन आयोग सरकारले चुनावको मिति घोषणा गर्नुअघि नै चुनावको तयारीमा जुटिसकेको थियो भने अब राजनीतिक दलहरू पनि चुनावको तयारीमा लाग्नेछन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकै पटक ४ मंसिरमा हुनेछ । प्रतिनिधिसभाका १६५ प्रत्येक्ष र ११० सामानुपातिक गरी २७५ सिटका लागि र सातवटा प्रदेशका प्रदेशसभाका लागि एकैपटक चुनाव हुने भएको हो ।

चुनावमा भाग लिन राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएको हुनुपर्छ । अहिलेसम्म निर्वाचन आयोगमा ११४ राजनीतिक दल दर्ता छन् । यीमध्ये नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र लोसपा राष्ट्रिय पार्टी हुन् भने अन्य पार्टीले गत आमनिर्वाचनमा थ्रेस होल्ड कटाउन सकेका थिएनन् ।


लोकप्रिय छुटाउनुभयो कि ?