
नेपालमा पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
५ हजार ९२६ जनाको कोरोना परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको हो ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ६०२ पुगेको छ । ३२४ जनाले कोरोना जितेका छन् ।