Logo

प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग अब अघि बढ्छ: उपसभामुख भुसाल

                     
Logo 2022-08-04 03:08     Desk

13

प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग संसदको यही अधिवेशनमा अघि बढ्ने बताएकी छिन् ।

उनले महाभियोगको विषयलाई संसदबाट नै विशेष छलफल गरेर अघि बढ्न आवश्यक रहेको बताइन् । उनले प्रतिनिधि सभाको आगामी बैठकमा महाभियोगको कार्यसूची राख्ने र संसदमा छलफल गरी महाभियोग समितिमा संसदबाट प्राप्त सुझाव महाअभियोग समितिमा पठाउने बताइन् ।

उपसभामुख भुसालले संसदबाट प्राप्त सुझावका आधारमा निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग अघि बढाउन आवश्यक रहेको बताइन् । जबराविरुद्धको महाभियोगका लागि समिति गठन भइसकेको भन्दै उनले समितिले आफ्नो काम सुरु गर्नुपूर्व नै संसदमा यसमाथि छलफल गर्न आवश्यक रहेको बताइन् । उनले संसदमा प्राप्त सुझावलाई समितिमा पठाउन पनि महाभियोगलाई कार्यसूचीमा राखेर छलफल गर्न आवश्यक रहेको बताइन् । उपसभामुख भुसालले निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग समितिबाट जति चाँडो संसदमा आउँछ त्यति नै छिटो यो विषयको टुंगो लाग्ने बताइन् ।

उपसभामुख गौतमले आगामी निर्वाचनको लागि मनोनयन दर्ता गर्ने दिनसम्म संसदको आयु रहने बताइन् । उनले संविधानले सभामुख र उपसभामुखको मात्रै म्यादको कुरा गरेकाले सभामुख र उपसभामुख संसदबाटै उत्पत्ति हुने भएकाले सोहीअनुसार नै संसदको आयु रहने बताइन् ।


लोकप्रिय छुटाउनुभयो कि ?