Logo

इन्जिनमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

                     
Logo 2022-08-04 12:08     Desk

13

फाइल तस्बीर

नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा धुवाँ देखिएपछि नेपालगञ्ज विमानस्थलमै आकस्मिक अवतरण गरिएको छ । आकाशमा उडेको सात मिनेटमै जहाजको बायाँ इन्जिनमा धुवाँ देखिएको थियो ।

बिहान ९ बजेर ४९ मिनेटमा नेपालगञ्ज विमानस्थलबाट जहाज उडेकाे थियाे । १० किलोमिटर उडान भरिसकेपछि बायाँ इन्जिनबाट धुवाँ निस्केकाे थियाे । ९ बजेर ५६ मिनेटमा उक्त विमानलाई नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको हो ।

जहाजमा चालक दलका  ४ सदस्यसहित ८३ जना यात्रु थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?