Logo

मंसिर ४ मा चुनाव गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति

                     
Logo 2022-08-03 07:08     Desk

13

सत्तारुढ गठबन्धनका दलबीच आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने विषयमा सहमति भएको छ । गठबन्धन दलका शीर्ष नेताबीच मंसिर ४ गते निर्वाचन गर्ने सहमति जुटेको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए।

निर्वाचन आयोगले मंसिर २ गते चुनाव सम्पन्न गर्न सकिने गरी मिति घोषणाका लागि सरकारलाई सिफारिस गरेको थियो। तर, प्रधानमन्त्री देउवा भने मंसिर ४मा चुनाव गर्ने पक्षमा देखिएका थिए । सो कुरामा अरु नेताहरु पनि मंसिर ४ गते निर्वाचन गर्न सहमत भएका हुन्।

बुधबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवासमा बसेको गठबन्धन दलका शीर्ष नेताहरुको बैठकमा मंसिर ४ गते निर्वाचन गर्ने सहमति जुटेको हो । निर्वाचन आयोगले गरेको प्रस्तावअनुसार एकै चरणमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न दलहरु सहमत भएका हुन्। गठबन्धनका दलबीच सहमति जुटेको र अब बस्ने मन्त्रिपरिषद्‌ बैठकले निर्वाचनको मिति तोक्ने कांग्रेस नेताले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?