Logo

सप्तकोशी प्रभावितको राहत र उद्धारमा जुट्न मुख्यमन्त्री राईको निर्देशन

                     
Logo 2022-08-03 05:08     Desk

13

विराटनगर, १८ साउन । सप्तकोशी नदीले काटेको बाँधका कारण प्रभावितको उद्धार र राहतमा खटिइन मुख्यमन्त्री राईले निर्देशन दिएका छन् ।

कोरोना संक्रमणका कारण स्वास्थ्य लाभ गरिरहेका मुख्यमन्त्री राईले नदीको बहाव वस्तीतर्फ प्रवेश गर्दा हुनसक्ने क्षतिप्रति सचेत रहन र राहत एवं उद्धार कार्यमा जुट्न स्थानीय प्रशासन, स्थानीय तह र जनप्रतिनिधि, सुरक्षाकर्मी, रेडक्रसलगायतका निकायलाई निर्देशन दिएका हुन् ।

बुधबार प्रेस नोट जारी गर्दै उनले सप्तकोशी नदीको बहाव पश्चिमतर्फ बढ्दै मानववस्तीमा प्रवेश गरेकोमा चासो र चिन्ता व्यक्त गरेका छन् । उनले नदीको बहाव पश्चिमतर्फ बढ्दा सुनसरीको बराहक्षेत्र नगरपालिका र उदयपुर बेलका नगरपालिकाका केही वडाका बासिन्दा प्रभावित बनेकोमा आफू चिन्तित भएको बताएका छन्।

मुख्यमन्त्री राईले नदी तटीय क्षेत्रका वासिन्दालाई जोखिमपूर्ण स्थान छाडेर जतिसक्दो सुरक्षित स्थानमा जान आह्वान गरेका छन् । उनले तुरुन्त राहत दिनुपर्ने अवस्थाका लागि विभिन्न सामाजिक संघसंस्था सक्रिय हुने अपेक्षासहित मुख्यमन्त्री राईले यथेष्ट राहत र उद्धारका लागि प्रदेशसरकार प्रतिवद्ध रहेको बताएका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?