Logo

यातायात व्यवसायी आन्दोलित, २२ साउनदेखि गाडी नचलाउने घोषणा

                     
Logo 2022-08-03 05:08     Desk

13

File Photo

सरकारले सवारी करमा वृद्धि गरेको भन्दै गण्डकी प्रदेशका सार्वजनिक यातायात व्यवसायी आन्दोलित बनेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले २२ साउनदेखि प्रदेशभरका सार्वजनिक गाडी घरग्यारेजमै थन्काउने घोषणा गरेको हो ।

जनता मूल्यवृद्धिबाट पीडित भइरहँदा सरकारले गैरजिम्मेवार भई कर बढाएर असुल्न लागिपरेकाले आन्दोलनको घोषणा गर्नुपरेको महासंघले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गण्डकी प्रदेशमा चालु आर्थिक वर्ष २०७९-८० देखि सवारी क्षमताअनुसार कर ४ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्म बढेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?