
संयुक्त राज्य अमेरिकाको तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले ताइवान ओर्लिएसँगै ताइवानमा भने थप संकट पैदा भएको छ । चीनको विरोधका बाबजुद पेलोसी ताइवान भ्रमणमा निस्केका कारण चीनले ताइवानसँग व्यापार प्रतिबन्ध लगाएको छ ।
चिनियाँ वाणिज्य र भन्सार अधिकारीहरूले जनाएअनुसार बालुवाको निर्यात, निर्माणमा प्रयोग हुने मुख्य सामग्री, ताइवानी सिट्रस फल र केही प्रकारका माछाको आयातमा रोक लगाएइकाे छ । चिनियाँ भन्सार अधिकारीहरूले ढुवानीमा विषादी र कोरोना भाइरसका कारण खाद्यान्न आयात रोकिएको बताएको छन् । वाणिज्य मन्त्रालयले बालुवा निकासी स्थगन गरेको जनाएको छ ।
चीनको ताइवान मामिला कार्यालयले दुई ताइवानी फाउन्डेसन, लोकतन्त्रका लागि ताइवान फाउन्डेसन, ताइवान अन्तर्राष्ट्रिय सहयोग र विकास कोषसँग आर्थिक कारोबार गर्नबाट रोक लगाउनेछ ।
ताइवानको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनका महानिर्देशक वु शाउ मेईले भने चीनका यस्ता रातारात चालिएका कदमहरू राजनीतिक रूपमा प्रेरित भएको बताएका छन् । चीन ताइवानको सबैभन्दा ठूलो व्यापार साझेदार हो । मुख्य भूमि चीन र हङकङमा टापुको निर्यात सन् २०२१ मा १८८.९ विलियन डलर पुगेको छ ।