
अविरलले बर्षाको कारण पानीको सतह बढेको सप्तकोसीको पानीले पश्चिमी बाँध फुटाएको छ । सप्तकोसीको पश्चिमी बाँध फुट्दा बस्ती तिर पसेको पानीले उदयपुर स्थित बेलका नगरपालिकाका घरधुरी डुवानको जोखिममा परेको हो ।



सप्तकोसी पसेपछि त्यो क्षेत्र अहिले जलमग्न भएको छ । सप्तकोसीको मुल प्रवाह नै बाँधतिर ठोक्किएर बग्दा मंगलबार दिनभरी बाँध कटान गरेको थियो । नगरपालिकाको पहलमा बाँधमा रोकथाम गर्ने प्रयास गरिए पनि सफल नभएको र बिहान करिब पौने ४ बजेतिर नदी बस्तीतर्फ प्रवेश गरेको बेलकाका मेयर अशोक कार्कीले जानकारी दिए ।
कोसीको पश्चिमी बाँध फुटेपछि वडा नम्बर ८ को सिसौली, वडा नं. ९ को धौरी, ३ को दुर्गामन्दीर, भाटेपुल, एविसी टप्पु, गुणीटोल, जगना र वडा नं. २ को लालभित्ती, बानडाँडा, चन्द्रपुर र वडा नं. १ को पुरन्दह, करैया, बेलहा डुबानमा पर्ने जोखिम बढेको छ ।