Logo

विराटनगर – १० तिनटोलिया मा १५ दिने धार्मिक महोत्सव हुँदै

                     
Logo 2022-08-02 05:08     Desk

13

साउन महिनाको अवसर पारेर विराटनगर १० स्थित तिनटोलया शान्तिचौकमा १५ दिने धार्मिक महोत्सव सुरु भएको छ। श्री गणेश पुस्ताकालय तथा वाचानालय र धार्मिक महोत्सव आयोजन कमिटीले साउन १५ गतेबाट साउन ३० गते सम्म शिव महापुराण कथासँगै १०८ शिवलिङ्ग दर्शन गर्नको लागी धार्मिक महोत्सव आयोजना गरेको हो ।

धार्मिक महोत्सव आयोजन कमिटीका अध्यक्ष श्याम पौडेलका अनुसार साउन महिना शिव भगवानको महिना भएका कारण महोत्सवमा शिव भगवानसँग जोडेर शिव महापुराण, १०८ शिवलिङ्ग पुजा , दैनिकी भजन किर्तन, तुला दान , विभिन्न देवी देउताका मुर्तिको दर्शन हुनेछ ।

१५ दिने धार्मिक महोत्सवमा प्रशान्त कृष्ण पराँकुश प्रमुख वाचक र रोहित तोयानाथ वशिष्ट उप वाचकको रुपमा रहेको धार्मिक महोसत्व कमिटि अध्यक्ष पौडेलले जानकारी दिए । सुरु भएको दिन देखि दैनिकी सयौको संख्यामा सहभागी भक्तजनहरुले १०८ शिवलिङ्गको दर्शनसँगै विभिन्न देवीदेउताको पुजापाठ र शिव भगवानको कथा महापुराण सुन्न आउने गरेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?