
विराटनगर मेनरोड बाट नेपाल प्रहरीले भारतबाट गैरकानुनीरुपमा नेपाल भित्राएको माछा बरामद गरेको छ। नेपाल प्रहरी चौकी , बखरीले भारत बाट विराटनगर ल्याउदै गरेको माछा बरामद गरेको हो।



प्रहरीले गोप्य जानकारीको आधारमा भारत बाट दुई वटा सिटी सफारीमा भन्सार नतिरी ल्याउदै गरेको माछा बरामद गर्दै जफतमा लिएको हो। दुई वटा सफारीमा माछा ल्याउदै गरेको अवस्थामा प्रहरीले पक्राउ गर्दै-गर्दा सिटी सफारी चालक भने भाग्न सफल भएका छन्।
प्रहरीले बरामद गरेको माछा सम्बन्धित विभिन्न सरकारी कार्यालयको व्यक्तिहरुको रोहबरमा जमिनमा गाड्ने प्रक्रिया थाल्ने बखरी चौकीका इन्चार्ज असई शिव कटुवालले बताए।