Logo

सुनकाे मूल्य ताेलामा २ सय रुपैयाँ बढ्याे

                     
Logo 2022-08-02 12:08     Desk

13

प्रतीकात्मक तस्वीर

नेपालकाे सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार १ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार ९ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला १ हजार २ सय २० तोकिएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?