Logo

साफ यू–२० च्याम्पियनसिप : आज बंगलादेशसँग भिड्दै नेपाल

                     
Logo 2022-08-02 11:08     Desk

13

साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेल बंगलादेशसँग खेल्दैछ । फाइनल पुग्न आजको खेल नेपालका लागि 'गर य मर'को स्थितिमा छ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ । फाइनल यात्राका लागि नेपालले भारत र माल्दिभ्सबीचको खेलको नतिजा समेत कुर्नु पर्नेछ ।

अंकतालिकाको शीर्ष स्थानमा रहेको बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन । बंगलादेश जारी प्रतियोगितामा अपराजित रहने एक्लो टोली हो । बंगलादेश ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल ३ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

हेड टु हेडमा अघि रहेको भारत ३ खेलमै ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । माल्दिभ्स र श्रीलंका १–१ अंक जोडेर प्रतियोगिताबाट बाहिरिसकेका छन् ‌‌। आज बंगलादेशलाई ९ गोलको अन्तरले पराजित गरेको खण्डमा नेपालले फाइनलमा स्थान पक्का गर्नेछ । भारतसँग ८–० को हार व्यहोरेपछि नेपाललाई बंगलादेशविरुद्ध फराकिलो जितको आवश्यकता परेको हो ।


लोकप्रिय छुटाउनुभयो कि ?