
विराटनगर, १६ साउन । मोरङको जहदा गाउँपालिकाका घरहरुमा सुरुङ खनेर चोरी भएको छ । आइतबार राति जहदा–७ स्थित स्थानीय ६ वटा घरमा सुरुङ खनेर फिल्मी शैलीमा चोरी भएको हो ।
घरहरूमा सुरूङ खनेर चोरको समुहले चोरी गरेको जहदा–७ का वडाअध्यक्ष भगवान मरण्डीले जानकारी दिए ।
स्थानीय सिक्टी महतो, मुसहरु महतो, ताला सोरेन, मालिकलाल सारेन, नारायण बेसरा र शान्ति बेसराको घरमा चोरी भएको उनले जानकारी दिए । उनका अनुसार सुरुङ खनेर चोरको समुहले गरगहना र लत्ताकपडालगायतका सामान चोरी गरेको हो ।
चोरीमा संलग्न समूह कच्ची घरमा टाटी भत्काएको र पक्कि घरहरुमा सुरुङ खनेर पसेको वडाध्यक्ष मरण्डीले बताए ।