Logo

लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि उपद्रो हुन्छ भन्ने थाहा थियो:ओली

                     
Logo 2022-08-01 06:08     Desk

13

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा-लिपुलेकसहितको नक्सा जारी गरेकाले आफूले सरकार छाड्नुपरेको दाबी गरेका छन् ।

सोमबार पूर्वसचिव द्वारिकानाथ ढुंगेलद्वारा लिखित ‘चक्रब्यूहमा नेपाली जलस्रोत’ पुस्तकको विमोचन कार्यक्रममा ओलीले चुच्चे नक्सा जारी गरेको प्रसंग कोट्याउँदै भने, ‘त्यतिबेला मलाई थाहा थियो यहाँ ठूलै उपद्रो मच्चिनेवाला छ । मलाई प्रधानमन्त्रीबाट हट्नुपर्नेछ । नभन्दै हट्नुपर्‍यो पनि ।’

उनले लिम्पियाधुरा, लिपुलेक नेपालकै भूमि रहेकामा विवाद नरहेको पनि बताए । पहिलोपटक प्रधानमन्त्री हुँदा चीनसँग पारवहन सन्धि गरेपछि हट्नुपरेको उनले दाबी गरे ।

आफूलाई प्रधानमन्त्रीबाट हट्नुपरेकोमा पिर नलागेको ओलीले बताए । तर, देश कता जाँदैछ भनेरचाहिँ पिर लागेको उनले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?